अभिनेत्री ऋचा शर्मालाई ले आफु ठिक भएको बताएकी छिन् । उनलाई छाती दुखेपछी नर्भिक अस्पताल भर्ना गरिएको थियो । एक्कासी चेस्ट पेन भएर अस्पताल आएको उनले बताइन् । इसिजी गर्दा एबनर्मल देखियो अनि ‘एन्जियोप्लास्ट’ गरेर हेर्दा सबै सामान्य रहेछ । उनले भनिन् ‘अहिले वार्डमा सरिसकेको छु । हर्ट अट्याक भएको भन्ने समाचारहरु आएछ तर होइन ।’

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालको चिकित्सक टोलीले अहिले उनको उपचार गरिरहेको छ र हाल उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भैरहेकोे चिकित्सकहरले बताएका छन् । उनले फेसबुकमा भिडियो पोस्ट गर्दै ठिक भएको जानकारी गराएकी हुन् ।

भिडियो हेर्नुहोस् : https://www.facebook.com/nira.shrestha2/videos/1454400044691606/

For More videos Log on to Mazzako TV