निर्देशकलाई लात हान्ने हिरोइन
सिनेमा प्रेमलीलाको आज ट्रेलर रिलिज भयो । यो कार्यक्रममा फिल्मका निर्देशकको बारेमा कुरा पनि भयो । फिल्मको घोषणामा निर्देशकको नाम जनक पाण्डे भनेर घोषणा गरिएको थियो । तर, अहिले जनकको नाम सिनेमाको न त पोष्टरमा छ, न त ट्रेलरमा नै ।

सिनेमाकी अभिनेत्री, निर्मात्री तथा लेखक दिपशिखा खड्काले आफूले निर्देशकलाई लात हानेर निकालेको तर्क गरिन् । निर्देशकले सिनेमाको ६५ प्रतिशत काम गरेपछि सम्पर्कमै नआएको र आफूले नै फिल्मको काम पुरा गरिरहेको बताइन् ।

उनले, सिनेमाको प्रदर्शन मिति फागूण १० गते पैसा नभएर सारेको पनि स्पष्ट पारेकी छिन् । दिपशिखाले जनकले आफूलाई धोका दिएको पनि बताइन् ।








