अभिनेता सुशिल सिटौला आफूले भने जस्तो क्यारेक्टर बल्ल पाएको बताउँछन् । सिनेमा रणवीरमा निकै नै दमदार भूमिकामा काम गरेका सुशिल आफूले यो सिनेमाका लागि मिहिनेत गरेको पनि बताउँछन् ।

यो सिनेमाका लागि उनले १५ केजी मसल बढाएका छन् । यो शरीर बढाउनका लागि उनलाई सजिलो भने भएन । किनकी, यसका लागि उनले घन्टौ जिममा धाएका छन् । सुशिलका अनुसार, उनले जिम सकेपछि ८ देखि १० वटा अण्डा र एक प्लेट काँचो चना खान्थे । यो खानका लागि मात्र उनलाई १ घन्टा भन्दा बढी समय लाग्थ्यो ।

साथमा, ट्रेनरले दिएको गाइडलाइन्स अनुसार नै उनी चलेका थिए । सिनेमाका लागि आफूले निकै नै मिहिनेत गरेको सुशिलले बताएका छन् । गोविन्द सिंह भण्डारीको कथा तथा निर्देशनमा तयार भएको यो सिनेमा माघको १८ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV