आँचललाई नयाँ कलाकारसँग काम गर्न गाह्रो
अभिनेत्री आँचल शर्माले म्यूजिक भिडियोमा धेरै काम गरेका कारण आफ्नो क्रेज बनाउन सकेकी छैनन् । आँचल शर्माले अभिनय गरेको केही डान्सिङ भिडियोहरु हिट भएपछि उनलाई अफर पनि आउन थालेको छ । यस्तै गीतको अफर आउन थालेपछि उनी पनि काम गरिरहेकी छिन् ।

तर, भिडियोमा बढी काम गर्दा कहिलेकाही आँचलका सिनेमाका गीत सार्वजनिक हुँदा पनि दर्शकलाई भिडियोकै गीत आए जस्तो लाग्छ । उनै, आँचल शर्माले अब आफूले नयाँ कलाकारसँग काम नगर्ने बताएकी छिन् ।
क्यामेरा फेस नै गर्न नजानेका, अभिनय नै नभएका कलाकारको बाढी लागेको उनको वुझाई छ । आँचलले धेरै गीतको अफर आएतापनि आफूले कममा मात्र काम गरेको बताइन् ।
For More videos Log on to Mazzako TV