‘प्रेम लीला’ मा प्रेम, धोका, बदला : दिपशिखाको अनेक अवतार
दिपशिखा खड्का अभिनित फिल्म ‘प्रेम लीला’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । लभ स्टोरी फिल्म ‘प्रेमलीला’ मा दिपशिखा खड्का मुख्य भुमिकामा छिन् । प्रेमलीला फागुन १० गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

भारतिय युवासँगको पे्रम, धोका र बदलाको कथालाई मज्जाले फिल्म प्रेमलीलामा प्रस्तुत गरिएको छ । फिल्ममा दिपशिखासंगै, मौसम खड्का, भारतीय मोडल अली खानको साथै प्रभाकार शर्मा, रेखा शाह, सुरज तमु लगायत कलाकारहरुको अभिनय छ ।
फिल्मको कथा र पटकथा अभिनेत्री खड्काले नै तयार पारेकी छन् । नानीमैंया कार्की र फैजिल फिल्म्सको सहकार्यमा फिल्म निर्माण भएको छ । पवन गौतमले छायांकन गरेका छन् भने चन्दन दत्त र सालिक दुलालको सम्पादन गरेका छन् । डा. कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रामजी लामेछानेको कोरियोग्राफी रहेको छ ।








