आयुष्मानलाई बिहे लाग्यो
अभिनेता आयुष्मान देशराज जोशीले सानो मन नाम सिनेमामा काम गर्दैछन् । यही महिनाको ७ गतेबाट यो सिनेमाको छायांकन सुरु हुनेछ । यो सिनेमामा २ बर्ष अगाडि नै संझौता गरेकाले पनि उनी काम गर्नका लागि तयार भएका हुन् ।

तर, अब भने आयुष्मानले बिहे अगाडि कुनै पनि सिनेमामा साइन नगर्ने बताएका छन् । सानो मन सिनेमाको कार्यक्रममा उनले बिहेको तयारीमा लाग्ने बताए । उनले, आफूले अब कुनै पनि सिनेमा साइन नगर्ने बताएका छन् । हालैमात्र उनले अभिनेत्री प्रियंका कार्कीसँग मिलेर सिनेमा प्रेमदिवसको छायांकन सकेका छन् ।
सानो मन सिनेमाको छायांकन सकेपछि आफू बिहेको तयारीमा लाग्ने उनले बताएका छन् । प्रियंकाले पनि चैत्र महिनासम्म सबै प्रोजेक्ट भ्याउने र बिहेको तयारीमा लाग्ने सोच बनाएकी छिन् । यसैले बिहेका लागि यो जोडीले करिब ३ महिना ब्रेक लिने निर्णय गरेको छ ।
For More videos Log on to Mazzako TV







