धिरजसंग २ नायिका रोमान्स गर्ने, जसिता र स्वस्तिमालाई अफर

अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ पूर्व प्रेमी प्रेमिका रहेको खबर आइसकेको छ । यी दुइले एउटै सिनेमा खेल्न लागेको खबर पनि सार्वजनिक भैरहेको छ । यदि आई एम ट्वान्टी वान काम गरेमा धिरज र जसिताका फ्यानहरुको लागि पनि खुसीको खबर हुन् सक्छ ।

फिल्म २ नायिका रहने निर्देशक रेनशा वान्तवा राईले बताइन् । जसिता गुरुङसंग कुरा भैरहेको उनले बताइन् । निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा बन्ने उक्त जसितालाई अफर गरिएको छ भने धिरज पक्का भैसकेका छन् । रेनशाले भनिन् ‘अर्की नायिकाको पनि खोजी भइरहेको छ ।’ चाडै नै फिल्मको औपचारिक घोषणा गरिने उनले बताइन् ।
अभिनेत्री स्वस्तिमा खड्कासंग पनि निर्माण टिमको कुरा भैरेहको बुझिएको छ ।

केही दिन अघि लण्डनमा आयोजना भएको फिल्म इन्टु मिन्टु लण्डनमाको प्रिमियर शोमा धिरज र जसिता एकैसाथ देखिएका छन् । यो जोडी एकसाथ देखिनु पक्कै पनि यी दुइले काम गर्न लागेको कुरालाई बल मिल्नु हो । रेनशा धिरज र जसिताको जोडी डिमाण्डेड भएकाले पनि एकै फ्रेममा काम गराउनका लागि लालयित छिन् ।








