थाइल्याण्ड घुम्ने रहर छ? ‘समर लभ’ हेर्नुहोस्
सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको चलचित्र माघ २५ बाट रिलिज हुँदैछ । साथमा चलचित्र ‘समर लभ’ हेर्ने दर्शकले थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन् । चलचित्र हेरेका दर्शकलाई निर्माण युनिटले ‘लक्की ड्र’ मार्फत छनोट गरेर थाइल्याण्ड घुम्ने अवसर दिने भएको हो । दर्शकको टिकट नम्बरमा ‘लक्की ड्र’ गरेर थाइल्याण्ड घुम्नको लागि छनोट गरिने बताइएको छ ।

चलचित्रको गीत र ट्रेलर फेसबुकमा शेयर गरेका र चलचित्र हेरेका दर्शकले मात्र यो अवसर पाउनेछन् । चलचित्रकी निर्मात्री इन्दु भण्डारीले भनिन्–‘ ‘यदि कुनै दर्शकले चलचित्रको गीत र ट्रेलर शेयर गर्नुभएको छैन् भने उक्त दर्शकले यो अवसर पाउने छैनन् । छनोट भएका एक दर्शकले अर्का एक जना साथी पनि लान पाउनेछन् ।’
चलचित्रमा आशिष पिया, रेवती क्षेत्री,नम्रता सापकोटा, सुरजसिंह ठकुरी,सरोज खनाल को मुख्य भूमिका छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा तयार भएको चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माताको रुपमा छन् ।








