‘ट्रेलर र गीत हरेरै अन्य प्रोजेक्टबाट अफर आईसक्यो’ सुपुस्पा भट्ट
सुपुस्पा भट्टले फिल्म ‘रणवीर’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । उनिचार्टर एकाउन्टकि विधार्थी हुन् । उनलाई फिल्मलाई आउने रहर भने थियो । सुपुष्पा अडिसन मार्फत रणवीमा अनुबन्धित भइन् । उनले आफ्नो फिल्म प्रतिको ईच्छा प्रशान्त ताम्राकारसँग भने शेयर गरेकी थिइन् । अडिसनको खबर पनि प्रशान्त मार्फत नै उनले पाइन् । ‘फिल्मनगरिलाई मैले रणवीर मार्फत नै सिके र बुझ्दैछु’ उनले आफुले पाएको मौकालाई खेर नजान दिएको बताउछिन् ।

‘निकै राम्रो टिम पाएको छु, सपोटिभ हुनुहुन्छ, सिकाउनु हुन्छ, बुझाउनु हुन्छ’ उनि भन्छिन् ‘मलाइ घरबाट पनि निकै सपोर्ट गर्नु हुन्छ ।’ उनि सिएको विधार्थी भएपनि उनलाई घरबाट पूर्ण सपोर्ट छ । फिल्मका गीत र ट्रेलरबाट मज्जाको प्रतिक्रिया आइरहेको छ । उनलाई म्युजिक भिडियो, एड तथा केहि फिल्मको अफर आइसकेको छ, तर उनि रणवीरको रिजल्ट कुर्दै्छिन् । ‘मलाइ कस्तो रुपमा लिनु हुन्छ दर्शकले भन्ने लागिरहेको छ’ सुपुस्पा भन्छिन् ‘रणवीर रिलिजपछी मात्र अन्य प्रोजेक्टमा जोडिन्छु ।’

‘टिमको सबै सदस्यले उतिकै सपोर्ट गर्नु भयो यसैले फिल्ममा राम्रो काम गरे जस्तो लाग्छ’ उनले आफुलाई रणवीर टिमनै अर्को फ्यामिली फिल हुन् थालेको बताइन । यसै फिल्म मार्फत उनिसँगै सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुबेक्षा खड्का पनि डेब्यु गर्दै्छिन् । फिल्ममा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यसमा प्रशान्त ताम्राकार टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।