आयुष्मान र शिल्पाको ‘सानो मन’
सुयोग गुरुङको डेब्यु निर्देशन रहने फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्म माघ ७ गतेबाट फ्लोरमा जाने निर्माण टिमले बतायो । ‘सानो मन’ मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केले रोमान्स गर्दै छन् ।

यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले फिल्म ‘सानो मन’ आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले निर्माण गर्न लागेका हुन् ।
फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको समेत फिल्ममा मुख्य अभिनय रहनेछ । समिर सुनवार र निर्देशक गुरुङको को कथा रहेको फिल्ममा आलोक शुक्लाको छायांकन साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ समेत हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ ।
For More videos Log on to Mazzako TV







