सुनिल थापा सुजतालाई बचाउँन फाइट गर्दै (फोटो फिचर)

फिल्म ‘रे’ को यतिबेला धमाधम छायांकन भइरहेको छ । काठमाण्डौको चोभारमा अहिले फिल्मको एक्सनकोे छायांकन भईरहेको छ । कुमार श्रेष्ठ र शंकर महर्जनल उक्त एक्सनका दृश्यलाई एकसन कट गर्दैछन् । उक्त दृश्यमा सुनिल थापा, दिबस धिताल, सुजता थापा, क्रान्ति बराइलीले अभिनय गर्दैछन् ।

निर्माण पक्षका अनुसार फिल्मको इन्टरभल्भमा रहने एक्सनको सुट हो । अभिनेता सुनिल थापाकी फिल्मकी छोरी नायिका सुजता थापालाई खलनायकहरुबाट बचाउँन आउँदा हुने अबस्थालाई एक्सनलाई प्रस्तुत हुने बताइएको छ ।

काठमाडौँ उपत्यका भित्र हुने चर्चित ३ जात्रहरु ललितपुर को मछेन्द्र नारायण जात्रा, काठमाडौँ को इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्रा को वरिपरी फिल्मको कथा घुम्ने छ ।

सगुन फिल्म्सको ब्यानर मा निर्माण भहिरहेको यो चलचित्र को कुल लागत लगभग सवा करोड रहने निर्माता राजेन्द्र त्रीपाठीले बताएका छन र यो चलचित्रलाई दिनेश पौडेल ले निर्देशन गरि रहेका छन रनिर्माण पक्षका अनुसार यो चलचित्र आउदो बर्ष को तिज मा प्रदर्शन हुने छ ।

फिल्मकमा अभि जोशी, रक्षा गुरागाई, पुर्णिमा लामा, बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई, जोबिका गौतम र अतिथि भूमिकामा किशोर खतिवडाको समेत अभिनय रहेको छ ।

