अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाले बिहे गर्ने निर्णय गरेसँगै उनीहरु यसको तयारीमा लागेका छन् । उनीहरु, यो बर्षको फागूणको २ गते बिहे गर्दैछन् । फागूणको २ गते बिहे गर्ने निर्णय उनीहरुले अहिले लिएका होइनन् ।

उनीहरुले साउनमा ज्योतिषसँग साइत हेराउँदा नै यो मिति निस्किएको हो । अभिनेत्री बर्षा राउतका अनुसार, ज्योतिषले साउनमा साइत हेराउँदा नै फागूण २ गतेलाई डेट निकालेका थिए । तर, उनीहरुले यो दिनमा भ्यालेन्टाइन डे पर्छ भन्ने थाहा पाएका थिएनन् ।

बर्षा राउतले संजोगसँगको बिहे सामान्य तरिकाले हुने बताएकी छिन् । बर्षाले बिहेपछि आफू सिनेमा क्षेत्रमा झनै जोडतोडका साथ लाग्ने पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV