अमेरिकामा विन्दास अनमोल
अभिनेता अनमोल केसी ए मेरो हजुर ३ को छायांकनका लागि अहिले अमेरिकामा छन् । अमेरिकाको न्यूयोर्कमा सिनेमाको केही दृश्य र छायांकनका लागि उनी पुगेका हुन् । यो सिनेमाको छायांकनका लागि न्यूयोर्कमा रहेका अनमोललाई यो शहरले लोभ्याएको छ ।

अनमोल आफैले पनि न्यूयोर्क शहर आफ्ना लागि कहिले पनि ओभर नहुने बताएका छन् । उनका अनुसार, यो शहरमा उनी जहिले आएपनि रमाउँछन् । कहिले पनि यो शहर हेरेर उनी पूर्ण हुँदैनन् । अभिनेता केसीले सामाजिक संजालमा आफ्नो स्टाइलिस्ट तस्बिरहरु पोष्ट गरिरहेका छन् ।
तर, उनी र सुहानाविचको छायांकनको तस्बिर भने यसको निर्माणपक्षले सार्वजनिक गरेको छैन । यो सिनेमा चैत्र २९ गतेबाट रिलिज हुँदैछ । झरना थापाले सिनेमाको निर्देशन गरिरहेकी छिन् ।
For More videos Log on to Mazzako TV