‘बैना’ माघ ११ बाट प्रदर्शन
नयाँ नेपाली फिल्म ‘बैना’ यहि माघ ११ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने भएको छ । प्रेमकथामा आधारीत फिल्म ‘बैना’ लाई दिल प्रकाश याक्सो निर्देशन गरेका हुन् । चलचित्र पूर्वका रमणिय स्थानमा छायांकन गरिएको हो । हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र ‘बैना’ लाई हिमालि लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

तिरुपाति पिक्चर्सले बितरण गर्ने यो चलचित्रमा सुबास मेचे, रन्जिता लिम्बु, उदय सुब्बा, सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, युमा रानि लिम्बु, सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत, द्धन्द राजु किराति, छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भेको रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् ।
For More videos Log on to Mazzako TV







