३ बर्ष अघिको सुपरहिट सिनेमा परदेशीको सिक्वेल निर्माण हुने भएको छ । नारायण रायमाझीको निर्देशनमा बनेको यो सिनेमा सुपरहिट भएको थियो । यो सिनेमामा इन्डियन आइडल प्रशान्त ताम्राकारको मुख्य भूमिका थियो ।

तर, परदेशी २ मा भने प्रशान्तले काम गर्ने वा नगर्ने फाइनल भएको छैन ।प्रशान्तसँग रायमाझीले बनाएको गोर्खापल्टन पनि हिट भएको थियो । अहिले सिनेमाको कथामा काम भैरहेको छ । यस्तै, सिनेमाका लागि गीत रेकडिङको काम पनि भैरहेको छ ।

सिनेमाको छायांकन फागूणबाट सुरु गर्ने र अर्को बर्षको दशैतिर रिलिज गर्ने योजना रायमाझीको छ । मन छुने कथामा फिल्म बनाएकाले पनि रायमाझीको परदेशी हिट भएको थियो ।

For More videos Log on to Mazzako TV