५ लाख माग्न थालिन् निरुताले
अभिनेत्री निरुता सिंह दाल भात तरकारीमा काम गरेपछि चर्को पारिश्रमिक माग्ने भएकी छिन् । यो सिनेमामा मुख्य भूमिकामा देखिएकी निरुताले निर्मातालाई चर्को पारिश्रमिक माग्न थालेकी हुन् । निरुतालाई निर्देशक विकासराज आचार्यले हजार जुनी सम्म सिनेमाका लागि अफर गरेका थिए ।

तर, यो सिनेमाका लागि उनले ५ लाख पारिश्रमिक मागिदिइन् । निरुताले ५ लाख पारिश्रमिक मागेपछि निर्देशक आचार्य तर्सिए । उनले निरुताको ठाउँमा अभिनेत्री संचिता लुइटेललाई लिएर काम सुरु गरेका छन् । निरुतालाई नै सिनेमा सम्हालिन्छ कहिले मनका लागि अफर गरिएको थियो । यो सिनेमाका लागि निरुताले ५ लाख नै मागेकी थिइन् ।
तर, निरुताको समय नमिलेका कारण पनि उनले काम गर्न नसकेको वुझिएको छ । यसरी निरुताले एउटा सिनेमामा मुख्य भूमिकामा काम गर्ने वित्तिकै आफ्नो पारिश्रमिक ह्वात्तै बढाएकी छिन् । जसलेगर्दा, उनलाई लिएर सिनेमा बनाउन चाहेका निर्माता तर्सिएका छन् ।
For More videos Log on to Mazzako TV







