वर्षा-संजोगको विवाह भ्यालेन्टाइन-डे को दिन
अहिलेकि चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता तथा ब्यावसायी संजोग कोइराला विवाह बन्धनमा बाधिने भएका छन् । लामो समय देखि प्रेममा रहेका यी दुईको विवाहको प्रसंग उठ्दै आइरहेको थियो । पछिल्लो समय विवाह गर्ने चर्चा चलिरहदा यी दुईले नै आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत विवाहको डेट सार्वजनिक गरेका हुन् ।

प्रेम दिवसको रुपमा मनाइने दिन अर्थात् फेब्रुअरी १४ मा यी दुईले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गर्नेछन् । बर्षा अनि संजोग दुबैलाई मज्जाको टिभीको तर्फ बाट बधाई तथा शुभकामना ।









