सकियो निखिलको दम
अभिनेता निखिल उप्रेतीको एक्सन दम सकिएको छ । निखिल उप्रेतीलाई सफल बनाउने अस्त्र मानिएको फिल्म भिलेन पनि नचलेपनि अब उनको दम सकिएको चर्चा हुन थालेको छ । अभिनेता निखिल उप्रेती अभिनित सिनेमा भिलेन यो साता हलमा लागेको थियो ।

मल्टिप्लेक्समा शो नै नपाएको यो सिनेमालाई सिंगल हलमा पनि दर्शकले रुचाएनन् । यसैले पनि निखिल अब चल्न छाडेको विश्लेषण गर्न सकिन्छ । निखिलले ५ बर्ष मुम्बई बसेर कमब्याक गरेपछि कुनै पनि गतिलो सिनेमा खेल्न सकेनन् ।
सबै सिनेमामा फाइट मात्र हान्ने निखिलको अभिनय पनि सुधारिएन । यसैले अब उनलाई दर्शकले सिंगल हलमा पनि पत्याउन छाडेका छन् ।
For More videos Log on to Mazzako TV







