अभिनेत्री प्रियंका कार्की अब निर्मात्री बन्ने भएकी छिन् । उनले, अब सिनेमा निर्माण गर्न लागेकी हुन् । यो सिनेमालाई साम्तेन भुटियाले निर्देशन गर्ने भएका छन् । प्रियंकाले सिनेमा बनाउन लागेको स्विकार गरेकी छिन् । अभिनेत्री कार्कीले बनाउन लागेको सिनेमाको कथामा अहिले काम भैरहेको छ ।

साम्तेन भुटियासँग कार्कीले फिल्म अनागतमा काम गरेकी छिन् । साम्तेनको कथा सुनेपछि आफू काम गर्नका लागि तयार भएको उनले बताइन् । नेपाली फिल्ममा अभिनेत्रीहरुले लगानी गर्न थालेको लामो समय भैसकेको छ ।

अभिनेत्री कार्कीले अब सिनेमा निर्माणमा हात हाल्न थालेकी छिन् । पछिल्लो समयमा अभिनेत्री कार्कीको माग सिने बजारमा कम हुँदै गैरहेको छ ।

For More videos Log on to Mazzako TV