पुरुष नांगिदा चौका दाउको हरिविजोग
शुक्रबारदेखि रिलिज भएको सिनेमा चौका दाउ बक्स अफिसमा चलेन । कमेडी कथामा तयार भएको सिनेमालाई समिक्षकले झुर भनेका छन् भने दर्शकले पनि विरक्तिएका छन् । यसैले सिनेमाले २ दिनमै पानी भन्न पाएन ।

सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानीमा बनेको सिनेमालाई पुरेन्द्रु झाले निर्देशन गरेका हुन् । सिनेमामा बर्षा राउत, सन्तोष पन्त, तैयब शाह, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ ।
यो सिनेमाको पोष्टरमा ४ पुरुषलाई अर्धनग्न देखाइएको थियो । तर, दर्शकले यो सिनेमालाई रुचाएनन् । जसले गर्दा पौषको अन्तिम साता रिलिज भएको यो सिनेमाले पानी भन्न पाएन ।
For More videos Log on to Mazzako TV