सुरक्षालाई पारिश्रमिक भन्दा फिल्म ठूलो
अभिनेत्री सुरक्षा पन्त ब्याक टू ब्याक सिनेमामा काम गरिरहेकी छिन् । उनी अभिनित सिनेमाको बक्स अफिस औषत छ । तर, पनि उनको अभिनयले भने दर्शकलाई प्रभुल्लित बनाएको छ । सुरक्षा आफूलाई फरक कथाका सिनेमामा काम गर्न मन लागेको बताउँछिन् ।

तर, उनले यसका लागि पारिश्रमिकमा खासै डिमाण्ड नगर्ने पनि बताइन् । सुरक्षाले गोपी सिनेमामा काम गरेकी छिन् । यो सिनेमाको जस्तो बिषय अरु सिनेमामा पनि आउनुपर्ने उनको भनाई छ । सुरक्षाले भनिन्–‘बरु मलाई पारिश्रमिक नदिनुहोस्, तर मलाई यस्तो कथामा अफर गर्नुहोस् ।
म ढुक्कले काम गर्छु ।’ पछि फेरि बोली सुधार्दै सुरक्षाले पारिश्रमिक आवश्यक रहेको त बताइन् । तर, यस्तो कथालाई प्रमोट गर्नुपर्ने उनको भनाई छ ।