अमेरिकामा अनमोललाई सुहानाको स्वागत

अभिनेता अनमोल केसीलाई अमेरिकामा अभिनेत्री सुहाना थापाले स्वागत गरेकी छिन् । फिल्मका निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिलकुमार थापा अमेरिकाको डीसी डलस बिमानस्थलमा स्वागत गरेका हुन् ।

फिल्म ए मेरो हजुर ३ को छायांकनका लागि भन्दै अनमोल २ साताका लागि अमेरिका पुगेका हुन्् । सिनेमाको एउटा गीत र केही दृश्य अमेरिकामा खिचिनेछ । अमेरिका उड्नु अघि पत्रकारसँगको कुराकानीमा ए मेरो हजुर ३ की अभिनेत्री सुहाना थापाको प्रशंसा समेत गरेका थिए । उनले सुहाना सिनेमा क्षेत्रकै लागि जन्मिएको बताएका छन् ।
