पलको पारिश्रमिक २० लाख नै ?
नेपालमा अहिले अभिनेताहरुको पारिश्रमिकलाई लिएर चर्को चर्चा हुन थालेको छ । नेपाली फिल्मका निर्माताले धान्नै नसक्नेगरि कलाकारले पारिश्रमिक लिने गरेको चर्चा हुन्छ । कलाकारले ५० लाखसम्म पारिश्रमिक लिएको चर्चा भएपनि सत्यता के हो सहमती गर्नेलाई मात्र थाहा होला ।

अभिनेता पल शाहले फिल्म हृदयभरीका लागि २० लाख पारिश्रमिक लिएको चर्चा चल्यो । पलको यो पारिश्रमिकको हौवा पनि अरु कलाकारको जस्तै बढी हो कि भन्ने चर्चा पनि भयो । तर, अभिनेता पल शाह भने आफूले जती पारिश्रमिक लिएको छु त्यती नै मिडियामा आएको बताउँछन् । उनले, अरु अभिनेताको कुरा के हुन्छ आफूलाई थाहा नभएपनि आफूले लिएको नै पारिश्रमिक मिडियामा आएको बताए ।
यसको अर्थ उनले आफूले २० लाख नै पारिश्रमिक लिएको दाबी गरेका छन् । नेपालमा कलाकारको क्रेज घटेको र पारिश्रमिक बढेको चर्चा हुन थालेको छ ।








