अभिनेता होस् या अभिनेत्री नै होस्, एउटै फिल्मीकर्मीको क्याम्पमा रहँदा उसलाई फाइदा र घाटा दुबै हुन्छ । तर, यस्तो क्याम्पको यात्रा सफल हुँदा मात्र हो । असफल भएपछि क्याम्पबाट लात हान्न फिल्मीकर्मीले बेर लगाउँदैनन् । अभिनेता धिरज मगर अहिले रेनशा वान्तवा राइको सिन्डिकेटमा छन् । उनी, सिनेमा इन्टु मिन्टु लण्डनमा गरेपछि चर्चित त बने ।

तर, यसलाई क्यास गर्न सक्छन् या सक्दैनन् भन्ने भोलीको कुरा भयो । पहिलो फिल्म गर्दा चकलेटी हिरोेको क्रेज जती हुन्छ, दोश्रो फिल्मदेखि त्यो रहन्छ भन्ने छैन । धिरजमा पनि यो लागू नहोला भन्न सकिन्न । उनको दिमागमा अहिले कि निर्देशक वान्तवा छिन् कि फिल्म इन्टु मिन्टु लण्डनमा नै छ । सिनेमाको विश्वभर भएका प्रदर्शनमा धिरज रेनशासँग नै बढी सहभागी छन् । रेनशाले उनलाई लिएर अर्को फिल्म आई एम ट्वान्टी वान बनाउँदैछिन् ।

धिरज मगरलाई आफूले ल्याएको भन्दै रेनशा उनको सफलताको स्वाद अहिले नै अरुलाई चाख्न कहाँ दिन्छु र भन्ने खालको तर्क गर्छिन् । रेनशा बाहेक अरु मेकरको सम्पर्कमा धिरज खासै छैनन् । यसैले उनलाई भोली अरु मेकरले लिन आनाकानी गरे भने ? सम्बन्ध अरुसँग पनि सुधारेको राम्रो होइन र ?

For More videos Log on to Mazzako TV