अमेरिका उडे अनमोल
अभिनेता अनमोल केसी अमेरिका उडेका छन् । फिल्म ए मेरो हजुर ३ को छायांकनका लागि भन्दै उनी २ साताका लागि अमेरिका उडेका हुन् । यो सिनेमाको एउटा गीत र केही दृश्य अमेरिकामा खिचिनेछ । फिल्मका निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिलकुमार थापा अमेरिकामा नै छन् ।

अमेरिका उड्नु अघि पत्रकारसँगको कुराकानीमा अनमोलले आफूले आफ्नो भूमिका चित्त नवुझेका कारण मात्र ब्याचलर बन्टी सिनेमा छाडेको बताएका छन् । उनले, फिल्मको कथा र हिरोइन मन नपरेको भन्न आफूले नसक्ने र आफूले कहिले पनि त्यस्तो नभनेको पनि स्पष्ट पारेका छन् । अभिनेता केसीले फिल्म ए मेरो हजुर ३ की अभिनेत्री सुहाना थापाको पनि प्रशंसा गरेका छन् ।
उनले सुहाना सिनेमा क्षेत्रकै लागि जन्मिएको बताएका छन् । अनमोलले आफू प्रेममा नरहेको र प्रेमका लागि तयार पनि नभएको खुलाएका छन् ।
For More videos Log on to Mazzako TV







