‘छक्का पञ्जा ३’ अब क्यानडा प्रदर्शन हुने
बक्स अफिसमा २० करोडको कारोबार गरेको छक्का पञ्जा ३ अब क्यानडामा पनि प्रदर्शन हुने भएको छ । क्यानडा प्रदर्शनको जिम्मा रेडियो अडियोले लिएको छ । मार्चको पहिलो हप्ताबाट क्यानडाका मुख्य शहरहरुमा छक्का पञ्जा ३ प्रदर्शन गर्ने तयारी भइरहेको रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीले जानकारी दिए ।

क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण पनि सिनेमा प्रदर्शन गर्न लागिएको निर्देशक अधिकारीले बताए । क्यानडा को क्यालगरीमा रहेको चर्चित रेडियो रेड एपmएमका साथै क्यानडामा रहेका बिभिन्न नेपाली समुदाय र नेपालीका लागि काम गर्दै आएका संघ संस्था संगको सहकार्यमा सिनेमाको प्रदर्शन गर्ने रेडियो अडियोको तयारी छ ।
रेडियो अडियोले सिनेमा प्रदर्शनपछि आउँने आम्दानी आफ्ना लागी मात्र नभएर स्थानिय संघ संस्थाका लागि कोष बृद्धिमा सहयोग पुर्याउने योजना बनाएको छ । क्यानडा पछि छक्का पञ्जा ३ लाई म्यान्मारमा पनि प्रदर्शन गर्ने तपारी गरिरहेको निर्देशक अधिकारीको भनाई छ ।
यस अघि छक्का पञ्जा ३ स्पेन, अस्ट्रेलिया, जापान, बेलायत, हङकङ लगायतका देशका विभिन्न शहरहरुमा प्रदर्शन भईसकेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको यस सिनेमामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राइ, निर शाह, यमन श्रेष्ठ, किरण केसी, सारदा गिरी, प्रियंका कार्की, सन्जोग कोइराला, स्वस्तिमा खड्का लागायतका कलाकारहरु मुख्य भुमिका रहेको छ ।
For More videos Log on to Mazzako TV







