नेपाली समाजको आवश्क हो, ‘सयकडा दश’– मनोज गजुरेल

कलाकार मनोज गजुरेलले ‘सयकडा दश’ मा काम गर्दा भिन्न अनुभुति भएको बताएका छन् । मंगलबार राजधानीमा ‘सयकडा दश’ टिमले आयोजना गरेको मिडियासंग अन्तरसंवाद कार्यक्रममा फिल्मबारे उनले अनुभब सेयर गरेका हुन् । माघ १८ मा फिल्म रिलिज हुने ‘सयकडा दश’ नै उनको डेब्यु फिल्म हो । उनले भने ‘यो सिनेमा भ्रष्टाचार विरुद्धको महाअभियान हो ।’ कलाकार गजुरेलले भ्रष्टहरुलाई पनि फिल्म हेर्न आग्रह गरेका छन् ।

उनले राजनीति भन्दा प्रेम भ्रष्टाचार विरुद्ध प्रभावकारी औषधि हुने बताए । उनि भन्छन् ‘बजारमा के माग छ, त्यो भन्दा पनि नेपाली समाजलाई के आवश्यक छ, त्यो सिनेमामा लगानी गरिएको छ ।’ वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालिन रुपमा राजनीति भन्दा प्रेमभित्र खोजिनुपर्ने उनको भनाई थियो । उनले फिल्मलाई कला र मनोरञ्जनभन्दा समाज परिवर्तनका लागि प्रगोग गर्नुपर्ने बताए ।

प्रेमगीत २ फेम्ड निर्देशक रामशरण पाठक निर्दे्शित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभाव पेश गर्छ । फिल्ममा नायक अमृत ढुंगाना र डेब्यु नायिका करुणा श्रेष्ठ, मनोज गजुरेल, राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको अभिनय छ ।
हेर्नुहोस् पुरा भिडियो :








