अभिनेता कामेश्वर चौरासिया अहिले आफूलाई अफर आएको जस्तो सिनेमामा पनि काम गरिरहेका छन् । पहिलो सिनेमाबाट नै चर्चामा आएका कामेश्वरलाई अहिले जुन भूमिकामा पनि काम गर्नुपर्ने अवस्था किन आएको होला ?

सिनेमा गरुण पुराडका मुख्य कलाकार कामेश्वरले आफूलाई अहिले कोठाभाडा तिर्न नै गाह्रो रहेको बताएका छन् । कोठाभाडा तिर्न, खाना खान नै गाह्रो परेकाले जस्तो भूमिका आएपनि आफूले गरिरहेको उनले पत्रकारहरुसँग बताएका छन् । रेशम फिलिली फिल्ममा काम गरेपछि कामेश्वरको लोकप्रियता चुलिएको थियो ।

तर, यसपछि उनी घमण्डी बनेको भन्दै निर्माताले उनलाई सिनेमामा काम लिन थाले । अहिले उनी कामविहिन छन् । उनीसँग सिनेमा क्षेत्रमा आएका अन्य कलाकारले बर्षमा दर्जनौ फिल्म गर्दा उनी खाली बस्नुपरेको छ । जसलेगर्दा, कामेश्वर अहिले आएको सबै भूमिकामा काम गरिरहेको बताउँछन् ।

For More videos Log on to Mazzako TV