जय श्री दामको प्रचार नभएको अमृतको गुनासो
युटुबमा खुबै रुचाएका अमृत ढुंगाना अहिले सिनेमाका कलाकार बनेका छन् । उनले अभिनय गरेको पहिलो फिल्म जय श्री दाम रिलिज भैसकेको छ । यो सिनेमाले हलमा पानी पनि भन्न पाएन । सिनेमा चलेको दिनमा नै धेरै हलबाट उत्रिएको थियो ।

उनै, अमृतले अभिनय गरेको दोश्रो सिनेमा सय कडा दश रिलिजको क्रममा छ । यो सिनेमा माघको १८ गतेबाट रिलिज हुँदैछ । यो सिनेमा हेर्न के उनका युटुबका फ्यान आउलान् त ? अमृतलाई लाग्छ, कुनै सिनेमा बनाएर मात्र हुँदैन दर्शकसम्म फिल्म चलेको जानकारी पनि पुग्न पर्छ ।
उनले नाम नलिइकन जय श्री दाम चलेको कुरा दर्शकसम्म नै नपुगेको गुनासो गरे । यो सिनेमा आफ्ना युटुबका फ्यानलाई चलेको छ भन्ने पनि थाहा नभएको उनले बताए । सिनेमा सय कडा दशमा उनी एक भ्रष्ट पिताको छोराको भूमिकामा देखिएका छन् ।