पलले सुदर्शनसँग सम्बन्ध सुधार्न खोजेका हुन् ?
अभिनेता पल शाहको कुरालाई मान्ने हो भने निर्देशक सुदर्शन थापाको पहिलो रोजाइमा उनी पर्छन् । सुदर्शन थापाले जुन सिनेमा बनाउन लागेपनि उनलाई नै पहिलो रोजाइमा हेर्छन् । तर, थापाको सिनेमामा काम गर्ने अवसर उनलाई म यस्तो गीत गाउँछु पछि आएको छैन ।

यसको कारणमा पल भन्छन्, कहिले उहाँको समय मिल्दैन, कहिले मेरो मिल्दैन । तर, पलका अनुसार सुदर्शनले बनाउन लागेको सिनेमामा पहिलो रोजाई उनी नै हुने गर्छन् । पलले रामकहानी सिनेमाका लागि पनि आफूलाई अफर आएको बताए ।
यस्तै, सुदर्शनले नै निर्देशन गर्न लागेको नयाँ सिनेमा सम्हालिन्छ कहिले मनमा पनि उनलाई नै अफर आएको उनले बताए । पल र सुदर्शनले एकसाथ सिनेमामा काम गर्ने चर्चा चलेको थियो । तर, अहिलेसम्म त्यो संभव हुन सकेको छैन ।