अर्पण थापाको ‘घर’ मा बेनिशा पनि भित्रिन्
अर्पण थापाको निर्देशन रहने फिल्म ‘घर’ मा अभिनेत्री सुरक्षा पन्त पछि अर्की अभिनेत्री बेनिशा हमाल पनि प्रवेश गरेकी छिन् । फिल्मका निर्देशक अर्पण्न त्यस्तै निर्माता दिपेन्द्र के खनाल लगाएत निर्माण यूनिट र अभिनेत्री हमाल बिच लिखित सम्झौता समेत भएको हो ।

निर्माता दिपेन्द्र के खनालले आफ्नो फेसबुकमा बेनिशासंग सम्झौता गरेको फोटो पोस्ट गर्दै, ‘घरको परिवार पुरा हुँदै । नायिका बेनिशा हमाल लाई ‘चलचित्र घर’ मा स्वागत छ’, लेखेका छन् । केही दिन अघि मात्र फिल्ममा मुख्य फिमेल लिडमा अभिनेत्री पन्तलाई भित्राएको निर्माण टिमले हाल बेनिशालाई फिल्ममा अनुबन्ध गरेको हो ।
डीएस डिजिटलको ब्यानरमा बन्न लागेको फिल्म शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माण गर्न लागेका हुन् । फिल्मलाई अभिनेता तथा निर्देशक अर्पण थापाले नै निर्देशन गर्दैछन् भने सह–निर्मातामा सन्तोष अधिकारी रहेका छन् । फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन् । माघबाट फ्लोरमा जाने भनिएको फिल्म पूर्णतया हरर कथामा आधारित हुनेछ ।
For More videos Log on to Mazzako TV