चर्चित युवा ज्योतिषी हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ को शिर्ष गीत छायांकन भैरहेको छ । नायक हरिहरकै कथामा आधारित यस फिल्मको हाल पोखरामा छायांकन भइरहेको हो । फिल्मलाई चैत १५ गतेबाट अलनेपाल सार्वननिक प्रदर्शनको तयारी गरिएको छ । फिल्मको दुई गीत खिच्नमात्र बाँकी रहेको निर्देशक सन्तोषबाबु लोहनीले बताएका छन् ।

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको गीतमा हरिहरसंग नव–नायिका क्रिस्टिन पौडेलले रोमान्स गरेकी छिन् । सेमिनारका लागि पोखरा पुगेको हिरो (हरिहर) ले रिसाएकी प्रेमिका (क्रिस्टिन) फकाउँदै गरेको दृश्य गीतमा प्रस्तुत छ ।

गीतको केहि सिन खिच्न अझै बाकी रहेको बताइएको छ । छायांकन भइरहेको गीतमा निशान भट्टराईको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । फिल्ममा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्मको एक गीत भने दुबईमा खिचिने निर्देशक लोहनीले बताए ।

फिल्ममा हरिहर र क्रिस्टिनसंगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा.सूर्या थापा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको फिल्मको प्रस्तुतकर्ताका रूपमा प्रदीपकुमार उदय रहेका छन् ।

फोटो सापटी : जक्सन डटकम

For More videos Log on to Mazzako TV