पलको नामले फिल्ममा जोडिएकी श्रद्धा (भिडियो)

अभिनेत्री श्रद्धा क्षेत्री नेपाली फिल्मका लागि नयाँ नाम हो । उनले अभिनय गरेको सिनेमा हृदयभरीको छायांकन फागूणबाट सुरु हुँदैछ । यो सिनेमाका उनी जोडिनुको कारण पनि रमाइलो छ ।

यो सिनेमाको मुख्य भूमिकामा अभिनेता पल शाह छन् । श्रद्धा पल शाह पनि सिनेमामा भएकाले आफूलाई जोडिन मन लागेको बताउँछिन् । पल शाहको साथमा सिनेमाको टिम पनि राम्रो रहेकाले आफू जोडिएको उनको भनाई छ ।

श्रद्धा कोलकत्तामा बसेर मोडलिङ गर्दै आएकी छिन् । यो सिनेमामा पलकै कारण मुख्य रुपमा जोडिएकी श्रद्धालाई पलले कस्तो साथ देलान् ? यो भने प्रतिक्षाको रुपमा नै रहनेछ ।








