अभिनेता अनमोल केसीले संझौता गरेको सिनेमा ब्याचलर बन्टी छाडेका छन् । उनले यो सिनेमाका निर्मातालाई फिल्म छाडेको जानकारी गराइसकेका छन् । सिनेमालाई मिलन चाम्सले निर्देशन गर्दैछन् । यो सिनेमालाई सुदिप खड्काले निर्माण गर्ने पक्का थियो ।

तर, अब अभिनेता अनमोल केसीले छाडेसँगै सिनेमा बन्ने वा नवन्ने पक्का छैन । वुझिएअनुसार, यसका निर्देशक मिलन चाम्सले अभिनेता पल शाहलाई लिएर यो सिनेमा पुरा गर्नेछन् । यो सिनेमालाई अभिनेता अनमोल केसीले आफूले पात्रमा आफू फिट हुन नसक्ने जस्तो लागेकाले छाडेको बताएका छन् ।

अनमोलले सिनेमाको कथा पढेपछि आफूलाई कथा अनुसार फिट हुन्न कि भन्ने लागेर छाडेको बताए । अभिनेता केसी फिल्म ए मेरो हजुर ३ को छायांकनका लागि भोली अमेरिका जाँदैछन् ।

For More videos Log on to Mazzako TV