पलको ‘हृदय भरी’ श्रद्धा छेत्री (फोटो भिडियो)

सुरज सुब्बा नाल्बोको निर्देशनमा निर्माण हुने फिल्म ‘हृदय भरी’ निर्माण घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्ममा प्रमुख पात्रको रुपमा अभिनेता पल शाहले नव नायिका श्रद्धा छेत्रीसंग रोमान्स गर्दै छन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । उनले ‘हृदय भरी’ बाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।

फिल्ममा पल र श्रद्धासंगै निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । फिल्मको कथाले युवापुस्ताको प्रेम झल्काउने लेखक तथा निर्देशक सुरजले बताए ।

‘फिल्मले प्रेम कथा बोल्छ साथै अघिल्लो फिल्म झैँ यसमा कहिँ कतै संदेश पनि छ’ निर्देशक सुरजले फिल्मको बारेमा बताए । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्मका अर्का प्रस्तुतकर्ता निकेश लिम्बुले टिम राम्रो भएकोले फिल्म निर्माणमा आएको बताए ।











