माया र बिछोडको कथा ‘समर लभ’ ट्रेलर (भिडियो)
सुविन भट्टराईको चर्चित उपन्यास बाट निर्माण गरिएको ‘समर लभ’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । राजधनीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमिल संबाद सहित पे्रम विछोडलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

‘समर लभ’ माघ २५ देखि प्रदर्शनमा आउँदैछ । नव नायिका रेवती क्षेत्री र नव नायक आशिष पियाले उपन्यासका साया र अतितको भूमिका निर्वाह गरेका छन् । त्यस्तै सुस्मिताको भूमिकामा नम्रता सापकोटाले अभिनय गरेकी छिन् । मुस्कान ढकालले निर्देशन गरेको फिल्ममा रेवती क्षेत्री, आशिष पिया, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा कथा लेखन सुविनको रहेको छ भने पटकथा सुविन र सामिप्यराज तिमल्सेना दुबै मिलेर लेखका हुन् ।
मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरिएको फिल्ममा स्वपन सरकार र मनोज बिक सहनिर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।