अमेरिकामा नीतालाई अवार्ड
अभिनेत्री नीता ढुंगानाको चर्चा बरु नेपालमा नहोला, विदेशमा हुन्छ । अमेरिकामा आयोजना हुने अवार्डमा उनी उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल छिन् ।

हुनत, अहिले विदेशमा हुने कतिपय अवार्डको बारेमा त कलाकार र फिल्मीकर्मी पनि बेखबर हुने गर्छन् । अमेरिकाको भिसा हातमा भएका केही कलाकारलाई अमेरिका लगेर अवार्ड गर्ने प्रचलन बढेको छ । अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा नीतालाई बर्षकै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड मिलेको छ ।
यो अवार्डमा भाग लिनका लागि केही कलाकार अमेरिका पनि पुगेका थिए भने अमेरिकामा नै बसोबास गर्ने फिल्मीकर्मी पनि उपस्थित थिए । अवार्डको बारेमा नेपालमा खासै चर्चा छैन । अभिनेत्री ढुंगानाले पंचायत फिल्मबाट यो अवार्ड जितेकी हुन् ।
For More videos Log on to Mazzako TV







