अभिनेता पल शाहले नयाँ फिल्ममा २ हिरोइनसँग काम गर्न लागेको खबर प्राप्त भएको छ । हृदयभरी नाम दिएर बन्न लागेको फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन् । यो सिनेमाका लागि पल शाह मात्र फाइनल भएको खबर सार्वजनिक भएपनि अन्य अभिनेत्रीको नाम सार्वजनिक भएको थिएन ।

तर, अब भने सिनेमाका लागि २ हिरोइन फाइनल भएको खबर प्राप्त भएको छ । कोलकत्तामा बस्दै आएकी मोडल श्रद्धा क्षेत्री सारासँग पलले काम गर्न लागेका हुन् । पलसँग काम गर्ने अर्की हिरोइनको नाम रेखा लिम्बु हो ।

रेखा र श्रद्धाले पलसँग काम गर्दैछन् र श्रद्धा कार्यक्रमका लागि नेपाल आएकी छिन् । लभ स्टोरी कथामा यो फिल्म बन्दैछ । शाह प्रोडक्शनको ब्यानरमा यो सिनेमा निर्माण हुन लागेको हो ।

For More videos Log on to Mazzako TV