जेबिकाको जय श्री दामले दाम कमाउला ?
५ मिनेको दृश्य युटुबमा राखेर नयाँ प्रचारको तरिका भन्दै अगाडि बढेको सिनेमा जय श्री दाम आजबाट रिलिज भएको छ । नेपाली हलहरुमा अहिले हिन्दी र अंग्रेजी सिनेमाको मात्र बर्चस्व छ । अझ भन्नुपर्दा, पौष महिनामा नेपाली फिल्म रिलिज गर्न निर्माताहरु डराउँछन् ।

तर, यो जाडोमा दर्शकलाई हलसम्म तान्ने हेतुले फिल्म जय श्री दाम रिलिज गरिएको छ । काठमाण्डौको क्यूएफएक्स अन्र्तगतको ६ हलमा जम्मा ३ शो पाएको यो सिनेमाको सुरुवाती व्यापार कमजोर छ । अमृत ढुंगाना, जेबिका कार्की, प्रमोद ढुंगाना, विनोद न्यौपाने लगायतका कलाकारले अभिनय गरेको सिनेमालाई विप्लव उप्रेतीले निर्देशन गरेका हुन् ।
कमेडी कथामा निर्माण भएको सिनेमाले जेबिका कार्कीलाई सिनेमा क्षेत्रमा अगाडि बढ्न मद्दत गर्ने आशा त गरिएको थियो । तर, सुरुवाती व्यापारले त्यो संकेत गरेको छैन ।








