निकिता र रविको बिहे हल्ला के हो ?
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र संचारकर्मी रवि लामिछाने एउटै अपार्टमेन्टमा बस्छन् । उनीहरु एउटै अपार्टमेन्टमा बसेपछि उनीहरुको प्रेमको चर्चा पनि चलेको छ । फिल्म क्षेत्रमा मानिसहरुमा उनीहरु प्रेममा छन् भन्ने हल्ला चलेको धेरै भैसक्यो ।

रवि लामिछानेले आफूले डिभोर्स गरेको स्टाटस लेखेपछि उनी र निकिताको बिहे हुन लागेको खबर सार्वजनिक हुन थालेको छ । अपार्टमेन्टसँगै भएकाले पनि उनीहरु नजिक भएको र बिहे गर्न लागेको खबर बाहिरिएको हो । तर, यी दुबैले यो कुराको खण्डन गरेका छन् । रवि र निकिताले आफूहरु राम्रो साथी भएको र अपार्टमेन्ट एउटै भएको बताएका छन् ।
उनीहरुले, आफूहरुलाई कमजोर बनाउन यस्तो खालको हल्ला चलाइएको पनि बताएका छन् । निकिता र रवि दुबैले एक अर्कालाई चिनेको केहि महिना मात्र भएको बताएका छन् ।
For More videos Log on to Mazzako TV







