अनमोलको ब्याचलर बन्टीको हल्ला के हो ?
अभिनेता अनमोल केसी जे गर्छन्, चर्चामा आउँछन् । अनमोल केसीले फिल्म ब्याचलर बन्टीमा काम गर्ने कुरा नयाँ होइन । तर, विचमा उनले यो सिनेमामा काम नगर्ने कुरा पनि आयो । अनमोलले कथा र अभिनेत्रीमा चित्त नवुझाएको चर्चा चल्यो ।

तर, फेरि अभिनेताले यो सिनेमामा काम गर्न तयार भएको खबर पनि सार्वजनिक भएको छ । अभिनेता केसी र निर्माता सुदिप खड्काविच भएको कुराकानीमा फिल्म गर्न उनी राज भएको खबर छ । निर्देशक मिलन चाम्सले आफू यो कुरामा वेखबर रहेको र अभिनेता केसीसँग एक प्रकारको सहमती भएको पनि बताएका छन् । अनमोलले अब यो सिनेमाको कथामा फेरबदल चाहेको बताएका छन् ।

अनमोलको कुरामा निर्माता राजी छन् । यो सिनेमालाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने समेत बताइएको छ । यो सिनेमाको छायांकन वैशाखबाट सुरु गर्ने तयारी भएको वुझिएको छ ।
For More videos Log on to Mazzako TV