अभिनेत्री सुरक्षा पन्तले निर्माता दिपेन्द्र के खनालको नयाँ फिल्म संझौता गरेकी छिन् । सुरक्षाले दिपेन्द्रसँग सिनेमा धनपति र चंगाचेटमा काम गरिसकेकी छिन् । सुरक्षाले नेपाली फिल्ममा काम गरेपनि उनी खासै चर्चामा छैनन् ।

तर, दिपेन्द्रले भने उनलाई फिल्मबाट छुटाएका छैनन् । घर सिनेमालाई अर्पण थापाले लेखन तथा निर्देशन गर्दैैछन् । यो सिनेमामा अर्पण थापा नै मुख्य भूमिकामा छन् । सिनेमालाई शर्मिला पाण्डेले निर्माण गर्दैछन् । घरलाई हरर सिनेमाको रुपमा हेरिएको छ ।

सिनेमाले दर्शक तर्साउने विश्वास निर्देशक थापाको छ । अभिनेत्री पन्तको आगमनसँगै सिनेमाको कलाकार पुरा हुन थालेको दिपेन्द्रले उल्लेख गरेका छन् ।

For More videos Log on to Mazzako TV