मिलन चाम्स निर्देशित फिल्म ‘वीरविक्रम २’ मा समावेश रहेको गीत सार्वजनिक भएको छ । फिल्म ‘देउता’ को ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो ।
‘देउता’ मा इन्द्रजित मिजार र भारती घिमिरेले गाएको गीत ‘वीरविक्रम २’ मा ताराप्रकाश लिम्बु र मेलिना राईले गाएका छन् ।

कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ । अभिनेता राजेश हमालले अभिनय गरेका गीतको रिमेक भर्सनमा नायक पल शाह, नायिका बर्षा शिवाकोटी प्रस्तुत छन् । मनाङ र मुस्ताङमा खिचिएको भिडियोमा वर्षासँग दुई नायकको केमेस्ट्री मज्जाको दखिएको छ । फिल्म अर्काे वर्ष मात्र प्रदर्शनमा आउँने छ ।


फिल्मलाई सुदीप बरालले खिचेका हुन् । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुल गायतको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा अपर्ण सापकोटा सह–निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV