‘रणवीर’ नै किन सुबेक्षा ?

पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु समेत जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेहरुकोे कमि छैन । प्रियंका कार्की, मलिना जोशी, सृष्टि श्रेष्ठ, अकेशा बिष्ट लगायत धेरै नाम छन् । यहि क्रममा फिल्म ‘रणवीर’ मा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षाको अभिनय ‘रणवीर’ मा हेर्न पाइने छ । उनले फिल्म ‘रणवीर’ बाटै डेब्यु गरिन् । यसअघि पनि धेरै अफर आएका थिए । तर उनले ‘रणवीर’ मा नै किन काम गरिन ?

गतवर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मा लगायतको अभिनय रहेको छ ।

कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । रिलिज हुदैछ ।
For More videos Log on to Mazzako TV