नेपाली फिल्ममा ठिकठाकै चलिरहेकी अभिनेत्री सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर बलिउडलाई करिअर बनाउने उनको सपना छ । यही सपना पुरा गर्नका लागि उनी दिनरात नभनी लागिरहेकी छिन् । सुरविनाले अहिले नै त्यस्तो उपलब्धी पाइसकेकी छैनन् । तर, उनी बलिउडकर्मीसँग नजिक भएको तस्बिर उनको सामाजिक संजालमा हेर्न पाइन्छ ।

हालै मात्र नयाँ बर्षको अवसरमा उनी एक पार्टीमा सहभागी भएकी छिन् । गायिका सुनिधी चौहानको पार्टीमा पुगेकी सुरविना बलिउडका चर्चित हस्तीसँग देखिएकी छिन् । गायिका चौहानदेखि गायक मिका सिंह, गायक उदितनारायण झा, दिपानारायण झा लगायतसँग सुरविना देखिएकी छिन् ।

सुरविनाले दिपानारायणले आफूलाई बलिउडका लागि संघर्ष गरेको देख्दा खुशी लागेको भनेर प्रतिक्रिया दिएको बताइन् । सुरविनाले बलिउडमा प्रवेश सहज नभएपनि संघर्ष गर्न भने नछाड्ने बताएकी छिन् ।

For More videos Log on to Mazzako TV