कोहीलाई सिनेमा नपाएर हैरान छ । कोहीलाई सिनेमा पाउँदा पनि सुख छैन । अभिनेता तथा निर्देशक अर्पण थापा यही सूचीमा पर्छन् । उनलाई राम्रो ब्यानरको सिनेमा निर्देशन गर्न पाउँदा पनि सुख छैन । हो, अर्पणले शर्मिला पाण्डे, दिपेन्द्र के खनाल जस्ता निर्माता पाएका छन् । यी निर्माताले उनलाई घर सिनेमा निर्देशन गर्ने जिम्मा दिएका छन् ।

तर, उनले यो सिनेमाको जिम्मा पाएपछि उनको आलोचना सुरु भएको छ । सुनकेशरी सिनेमा हरर भनेर अर्पणले प्रचार गरेपनि त्यो कमेडी बन्न पुग्यो । अर्पण फेरि हरर सिनेमा नै बनाउने तयारीमा लागेका छन् । यसैले पनि अर्पणलाई यति धेरै भर दिपेन्द्र के खनाल जस्ता चलेका निर्देशकले किन गरे भनेर चर्चा सुरु भएको छ ।

अर्पणले यसपटक आफूलाई पुष्टी गर्ने बेला आएको छ । उनले पुष्टी गर्न सकेको खण्डमा अर्को अवसर पाउलान्, नत्र त गाह्रो होला ।

For More videos Log on to Mazzako TV