केकीलाई अब कसको भर ?
अभिनेत्री केकी अधिकारीले ठूलो ब्यानर र चल्ने फिल्म भनेर नाई नभन्नु ल ५ मा काम गरिन् । यो फिल्ममा उनी फूपुको भूमिकामा देखिएकी थिइन् । यो सिनेमा चलेपनि उनलाई फाइदा भएन । फाइदा सबै अभिनेत्री स्वस्तिमा खड्काले नै लगिन् । ठूलो ब्यानरको सिनेमा खेलेर एउटा फिल्म हिट त केकीको भागमा देखियो, तर केकी चलिनन् ।

केकीलाई अहिले निर्माताले सिनेमाको अफर गर्न छाडेका छन् । किनकी, उनी चल्दा पनि चलिनन् र दर्शकले उनलाई फेसबुकमा बढी रुचाए । केकीले सरकारी जागिर सिनेमामा काम गरेकी छिन् । यसपछि उनलाई अरु निर्माताले अफर गरेका छैनन् । बरु, उनी फिल्म कोहलपुर एक्सप्रेस आफै बनाएर निर्मात्री बनेकी छिन् ।
अब उनी कन्याकुमारी बनाउने तयारीमा छिन् । अब, केकीलाई आफ्नै ब्यानरको मात्र भर पर्नु पर्ने बेला आएको देखिन्छ ।








