कलाकार दिपकराज गिरीले अभिनय गरेका सिनेमा दशैंमा रिलिज हुँदा उनी र उनको टिममाथि ठूलै राजनीति पनि हुँदै आएको छ । यो बर्ष मात्र निर्देशक अशोक शर्मा र दिपकको टिमको राजनीति हेर्न लायक नै थियो । अब, अर्को बर्षको दशैंमा पनि दिपकले सिनेमा रिलिज गर्ने भएका छन् ।

रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको रिलिज मिति दशैंमा तोकिएको छ । दशैंमा अशोक शर्माले बनाउने भनिएको सिनेमा रातो टिका निधारमा पनि रिलिज हुने बताइएको छ । यस्तै, रेनशा वान्तवा राइले बनाउने भनिएको सिनेमा आई एम ट्वान्टी वान पनि रिलिज हुँदैछ ।

यसरी हेर्दा यो बर्षको दशैंमा पनि ठूलै भिडन्त हुने देखिन्छ । कलाकार दिपकराज गिरी अहिले सिनेमा क्षेत्रका सर्वाधिक शक्तिशाली कलाकारमा चिनिन्छन् । यसैले पनि उनले राम्रो डेट लिने गरेका छन् । नाम तय नगरिएको सिनेमालाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV