अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडीलाई दर्शकले पर्दामा फेरि पनि देख्न पाउने भएका छन् । पूजा र आकाशले सिनेमा रामकहानीमा काम गरेका थिए । यो सिनेमापछि यो जोडीलाई दर्शकले खुबै मन पराएका थिए । अब, पूजाले अभिनय गर्न लागेको नयाँ फिल्म सम्हालिन्छ कहिले मनका लागि आकाशलाई फाइनल गरिएको छ ।

यो सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । सिनेमामा सोनम तोप्देन फाइनल भैसकेका छन् । अब, आकाश पनि फाइनल भैसकेपछि सिनेमाको कलाकार टिम पुरा भएको छ । अभिनेता सरोज खनालले पनि यो सिनेमामा काम गर्दैछन् । सिनेमामा २ अभिनेता र एक अभिनेत्री हुनेछन् ।

यसपटक पूजा र सुदर्शनले यो सिनेमालाई निर्माण गर्दैछैनन् । यो सिनेमाको छायांकन यूकेमा हुनेछ । यूकेका लागि सिनेमाका कलाकार र प्राविधिकको भिसा आइसकेको छ ।

For More videos Log on to Mazzako TV