अभिनेत्री अदिती वुढाथोकीले हेल्लो जिन्दगी सिनेमामा काम गर्न लागेको कुरालाई हल्ला मात्र भनेकी छिन् । उनले, अहिले आफूले कुनै पनि नेपाली फिल्ममा काम गर्न नलागेको बताएकी छिन् । उनले, फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहरासँग भेट भएको बताइन् । तर, फिल्मका लागि कुनै पनि कुरा नभएको बताएकी छिन् ।

उनले, बोहराले अर्को फिल्मका लागि काम गर्नुपर्छ मात्र भनेको बताइन् । अदितीले आफू बलिउडका चर्चित अभिनेता फरहान अख्तरले बनाउन लागेको इनसाइड एज २ मा काम गर्न लागेको बताइन् । यो वेव सिरिजको छायांकन सुरु भैसकेको छ । यसमा अभिनेता विवेक ओवरायले काम गर्दैछन् ।
क्रिकेट र मोडलिङको दुनियाँलाई यो सिरिजमा देखाइनेछ । अदिती यो वेवमा मोडलको भूमिकामा देखिनेछिन् । उनले अभिनेता अनमोल केसीसँग फिल्म कृमा काम गरेकी थिइन् ।

For More videos Log on to Mazzako TV